प्रचण्ड भन्छन्- ओली नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था छैन

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेको बताएका छन् ।

बिहीबार काठमाडौं क्षेत्र नं २ मा गठबन्धनले आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै दाहालले ओलीको सिद्धान्त असफल भइसकेको भन्दै नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेपनि ओली त्यसलाई मान्न तयार नरहेको बताएका हुन् ।

दुई दुई पटक संसद विघटन गरेर संविधान मास्नेदेखि भ्रष्चाटारलाई प्रश्रय दिने काम ओलीबाट भएको दाहालले बताए । ओलीको गोरुगाडाको सिद्धान्त पनि असफल भइसकेको उनले बताए ।

त्यस्तै दाहालले संविधानलाई बचाउनका लागि, देशलाई राजनीतिक स्थायीत्वका लागि गठबन्धन बनाउनुपरेको दाबी गरे । मंसिर ४ गतेको निर्वाचन अवसर भएर आएको भन्दै सवै जनताले यसको सहि उपयोग गर्नुपर्ने उनको भनाइ छ । अबको एजेण्डा विकास र समृद्धि नै भएको उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनमतको अपमान गरेका कारण केपी ओलीलाई जनताले कारबाही गर्नु पर्ने बताए। उनले आफ्नो पार्टीलाई समेत मिलाएर लान नसक्नेले जनता र देशलाई अघि बढाउन नसक्ने तर्क गरे ।

आगामी निर्वाचनमा गठबन्धनको बिजय सुनिश्चित रहेको र चुनावपछि गठबन्धनकै सरकार बन्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले संविधानको रक्षा, शान्ति र समृद्धिका लागि गठबन्धनका उम्मेद्वारहरुलाई जित दिलाउनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.