दीपक न्यौपाने , युरोप युबा उपसंयोजक, एनआरएनए आईसिसि

हामी पहिलो पुस्ताका नेपाली हरु अवसर बाध्यता वा रहरले बिदेसिने क्रममा हाम्रा सन्तान पनि बिभिन्न उमेर समुहमा अभिभाबक सँगै बिदेशी भुमिमा आई पुगे , जसको उमेर समुह अनुसार नेपालमा नै आधारभूत वा सो भन्दा माथिको अध्ययन गरेकालाई सामान्यता नेपाली लेखाई बोलाईमा समस्या नपरे पनि जुन बालबालिकाका सानो उमेरमा नै आफ्नो अभिभावकसँग विदेश आएका र यता नै जन्मियर हुर्कदै गरेको पुस्ताका लागि भने संगठनात्मक रुपमा नै नेपाली भाषा पाठशालाको संचालन गर्नु पर्ने आवश्यकता छ।

यूरोप क्षेत्र भित्रका देश हरुमा आफ्नो मातृ भाषा भन्दा अलग भाषामा अध्ययन गर्नु पर्ने विद्यार्थीका बहुसंख्यक अभिभाबकले समन्धित देशको भाषा नजान्ने र बाल बच्चालाई नेपाली भाषा सिकाउने समयको अभाब अथवा शैलीको कमिले अभिभावक र बालबालिका दुवै पक्ष्यमा समस्या देखिएको र कालान्तरमा यसले अभिभावक र सन्तान बिचमा नै पूर्ण सन्चारको कमि हुने त् होइन भन्ने हामीले अनुभूति गरेका छौँ I प्रेम आत्मियता र सम्बेदनाका कुराहरु साटासाट गर्न भाषा र शब्दमा पकड भए मात्र राम्रो संग गर्न सकिन्छ र त्यसले परिवार र समाजमा आत्मियता र एकता बढाउछ।

यूरोपको बसाईमा आइपर्ने चुनौतीको सामना गर्दै आज नेपालको बिभिन्न क्षेत्रबाट यूरोपको बैधानिक बसाई गरि आफ्नो परिवारलाई सेटल गर्ने र हाम्रो समुदाय बीचमा नै बिबाह गर्ने उमेर समुहका धेरै नै युवायुवती समेत तयार हुनुले पक्कै पनि नेपाली समुदायको पहिलो दोश्रो मात्र नभई अब तेश्रो पुस्ता समेत हुर्कदै गरेको छ ।

यो अवस्थामा नेपालीको संख्या कति पुग्यो भनेर हरेक एनआरएनएका राष्ट्रिय समन्वयन परिसदले उमेर समूह समेतको तथ्यांक संकलन गर्नु पर्ने देखिन्छ I जसले गर्दा नेपाली भाषा कला संस्कृति सम्बन्धि कार्यक्रम संचालन गर्दा कुन उमेर समुहलाई कुन कार्यक्रम प्रभाबकारी हुन्छ भनेर नीति निर्माणमा सहज हुनेछ ।


प्रबासमा नेपाली भाषाको बिकास र नेपाली मूलका बिदेशी नागरिकका सुबिधाका लागि निम्न सुझाबहरु फलदायी हुन सक्छन।

-रास्ट्रिय समन्वयन परिसदबाट प्राप्त तथ्यांकको आधारमा एउटा उमेर समुहका १५-२० जना बालबालिकाको लागि गैर आवासीय नेपाली सँघको क्षेत्रीय समिति र रास्ट्रिय समन्वयन परिषदको संयोजनमामा भौतिक कलास संचालन गर्ने
-त्यो सम्भब नहुने ठाउँमा स्थानीय भाषामा पनि दक्ष व्यक्तिबाट अनलाईन माध्यमबाट पठन पाठनको व्यवस्था गर्ने,

-अनलाईन पढाईको लागि आवश्यक पढाई सामग्री नेपाल सरकारबाट मान्यता प्राप्त व्यक्ति वा फर्म संग यूरोप स्तरमा नै सम्झौता गर्ने ।


यसरी अध्यन पश्चात नेपालमा गई भाषा परिक्षा दिन असहज हुने हुदा गैर आवासीय नेपाली संघको रास्ट्रिय समन्वयन परिसद र सम्बन्धित देशको राजदुतावासबाट नै परिक्षा लिने र त्यसको प्रमाणित गरि प्रमाण पत्र दिने व्यवस्था गर्ने , जुन प्रणाम पत्र गैर आवासीय नेपाली नागरिकता लिन योग्य व्यक्तिलाई नेपाली भाषाको आधारभूत ज्ञान छ भन्ने प्रमाणित गर्न सहज होस् ।