काठमाडौँ ९जीएनएन)- नेपाली कांग्रेसका सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाले प्रवासमा रहेका नेपालीहरुलाई राजनीतिक बाहेक सामाजिक, संस्कृतिक तथा आर्थिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको जनाएका छन्। उनले विदेशमा काम गरिरहेका नेपाली नागरिकहरुलाई मताधिकार दिलाउन सरकारले तयारी गरि रहेको बताए । उनले अर्को चुनावसम्म कम्तिमा समानुपातिकमा मात्रै भए पनि मतदान गर्न व्यवस्था मिलाइने आश्वासन दिए।

नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समिति एवं प्रबाश प्रचार प्रसार समन्वय उपसमितिद्वारा पार्टीको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिका संसार भरि रहेका पदाधिकारीहरुको भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमंत्री देउवाले विभिन्न देशमा बस्ने नेपालीहरुलाई सकभर नेपाल आउन, नभए आफ्नो परिवार, नातागोतालाई फोन गरेर रुख चिन्ह वा गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्न भन्नुका साथै विश्वभर अभियान चलाउन आग्रह पनि गरे ।वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु नीतिगत सुधार गर्ने पक्षमा रहेको बताए। मुलुक अहिले दैनिक १५ घण्टा लोडशेडिंग हुने अवस्थाबाट बिजुली निर्यात गर्ने अवस्थामा पुगेको र ३० वर्ष पहिले एउटा मेडिकल कलेज रहेकोमा अहिले देश भरि २० ओट़ा मेडिकल कलेज रहेको उनले बताए। ‘हरेक पांच वर्षमा हुने आवधिक चुनावले लोकतन्त्रलाई बलियो बनाउंछ। नेपाली कांग्रेसलाई विजयी बनाउन प्रतिबद्धतापूर्वक लाग्न अनुरोध गर्दछु,’ देउवाले भने।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुक भित्र वर्तमान संविधान र लोकतन्त्रका पक्षधर तथा संविधान विरोधी तथा राजावादीहरुको बिचमा जनताले छनोट गर्नु पर्ने बताए। उनले ‘नो नट अगेन’ भनेर अभियान चलाई रहेकाहरुले प्रतिगामीहरुकै पक्षपोषण गरिरहेको दावी पनि गरे।

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आफ्नो पार्टीले स्पष्ट भिजन सहित घोषणापत्र सार्वजनिक गरेको जनाए। घोषणापत्र नेपाली जनताको आकांक्षा लाई सम्बोधन गर्ने किसिमले तयार गरिएको तर यथार्थमा आधारित रहेको उनले बताए।

नेपाली कांग्रेसको प्रचार प्रसार विभागका संयोजक तथा प्रवक्ता डा प्रकाश शरण महतले ओली सरकारको पालामा विदेश नीतिमा अस्थिरता देखिएको र कोभिड महामारी संग जुध्न सरकार असफल भएको भन्दै देउवा सरकार बन्ने बित्तिकै ९५ प्रतिशत जनताले खोप पाएको र जनजीवन सहज भएको दावी गरे । अहिले पनि संविधान विरोधी प्रवृत्ति कायमै छ । तर हामी यो संविधान भत्काउने हैन, संविधानलाई संशोधन गर्दै अगाडी जाने छौं,’ उनले भने।

गैर आबासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले बिदेशमा बस्ने नेपालीहरुका हरेक समस्या समाधान गर्न नेपाली काङ्रेस सधैं साकारआत्मक रहेको छ भन्दै सुशिल कोइरालाको पालामा संबिधानमा ब्यबस्था भएको गैर आबासीय नेपालीहरुको नागरिकताको बिषय बर्तमान प्रधानमन्त्री शेर बहादुर देउबाको पालामा दुबै सदनले पारीत गरेर कार्यन्वयन हुने बेला राष्ट्रपती भण्डारीले रोक्नु दु:खद भएको बताए । बेदेशका नेपालीलाई मताधिकार , श्रमिखरुको सामाजिक सुरक्षा कोषको स्थापना र एनआरएन नागरिकताको कार्यन्वयनमा सहयोगका लागि आग्रह गरे ।

कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमितिका संयोजक किरण पौडेलको सभापतित्वमा आयोजित अन्तरक्रियामा एनआरएनएका उपाध्यक्ष महेश श्रेष्ठ, नारायण आचार्य , दुर्गा आचार्य, नरेन्द्र भाट, महासचिब केशब पौडेल , सचिब गंगाधर गौतम, प्रमोद सिटौला, नेपाली काङ्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य द्वय आनन्द बिष्ट , बालक्रिष्ण पाण्डे, नेबिसंघका पूर्व महामन्त्री डा यादब पन्डित, जनसंपर्क समितिका नारायण सुबेदी कृष्ण गिरी, विश्वआदर्श पन्डित, दिल गुरुङ , दीपिका भुशाल पुष्पा मिश्र , मो अजिज अली , भुबानी प्रसाद तिमील्सिना, पदम सुन्दर राहुल गुरुङ , जितेन्द्र शाही , बिमल सुबेदी , राजु सैयद ,मुक्तिनाथ पन्त, आरके त्रिपाठी लगायत विभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारीहरु तथा गैर आवासीय नेपाली संघका पदाधिकारीहरुले आफ्नो धारणा राखेका थिए ।