कास्की समाज बेल्जियमको अध्यक्षमा जीबन गुरुङ सर्बसम्मत चयन भएकाछन । आज बेल्जियमको गेन्त शहरमा भएको संस्थाको दोश्रो अधिबेशनले गुरुङको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित गरेकोछ । समितिको महासचिबमा ईन्द्रकमल राजभाट,सचिबमा चित्र गुरुङ, र कोषाध्यक्षमा राजेन्द्र कार्की लगायत सदस्यहरु चयन भएकाछन । उपाध्यक्ष लगायत बाँकी सदस्यहरु पहिलो बैठकले चयन गर्ने पनि अधिबेशनले नयाँ समितीलाई अख्तियारी दिएकोछ ।
बन्दशत्रले बनाएको डिल्लिराम भण्डारी,चित्र सुबेदी, कुमार गुरुङ, तिर्थ धमलाको अध्यक्षमन्डलले नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।
यस् अघि बन्दसत्रमा उपस्थित कास्की समाजका सदस्यहरुले निबर्तमान महासचिब तिर्थ धमलाले प्रस्तुत गरेको प्रगती प्रतिबेदन र कार्यबाहक अध्यक्ष डिल्लिराम भण्डारीले आर्थिक प्रतिबेदन पनि पारीत गरेका थिए ।
कास्की समाज बेल्जियमको दोश्रो अधिबेशनको संयुक्तरुपमा दीप प्रज्वलन गरी बेनेलक्सका लागि महामहिम राजदूत गेहेन्द्र राजभन्डारी, र संस्थाका कार्यबाहक अध्यक्ष दिल्लिराम भण्डारीले उद्घाटन गर्नु भएको थियो ।
राजदुत राजभन्डारी लगायत एनआरएनएका युरोप उपसंयोजक चित्र सुबेदी, एनआरएनए बेल्जियमका महासचिब रमेश कंडेल, जनसंपर्क समिति बेल्जियमका महामन्त्री प्रकाश गिरी, प्रबासी मंच बेल्जियमकी सचिब हरी भट्टराई, तमु समाज बेल्जियमका अध्यक्ष ओम गुरुङ, बाग्लुङ समाजका उपाध्यक्ष धर्म पाठक,तमु धिं बेल्जियमका उपाध्यक्ष आश बहादुर गुरुङ, जनक केसी, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायतले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।
कास्की समाज बेल्जियमका कार्यबाहक अध्यक्ष डिल्लिराम भण्डारीको अध्यक्षता भएको कार्यक्रमको सन्चालन महासचिब तिर्थ धमलाले गरेका थिए ।