फुल कनट्र्याक्ट कराते टुर्नामेण्ट बुद्ध जन्मभूमिमा गर्ने तयारि,

0

संसार भरिका करातेका पायोनियरहरुलाई बुद्धको जन्मभूमिमा स्वागत गर्ने लक्ष सहित जापानिज मार्ट्सल आर्ट्स फुल कनट्र्याक्ट करातेको टुर्नामेन्ट गर्ने तयारि भएकोछ।बेल्जियम निवासी पूर्व क्योकुसिन कराते खेलाडी तथा ब्यबसायी सुदर्शन सिंखडाको आग्रहमा एफ्को यूरोपियन फुल कन्ट्र्याक्ट कराते अर्गनाइजेसनका प्रेजिडेन्ट सिहान कोएन स्पितएल्सले नेपालले अन्तराष्ट्रिय स्तरको टुर्नामेण्ट आयोजना गरे आफु लगायत एफ्को यूरोपियन फुल कन्ट्याक्ट् कराते एसोसियसनको पुर्ण समर्थन र सहयोग रहने बताएकाछन्।

युरोपका सोह्र देशका करिब तीन सय खेलाडी सहभागी भएको युरोपियन चौथो फुल कनट्र्याक्ट कराते क्याम्पको समापनमा नेपालमा आगामी टुर्नामेन्ट आयोजना गर्ने बारेमा छलफल भएको र पूर्व तयारि गर्ने बारे सहमति भएकोछ।

खेल साधकहरु ( जापानका बुद्धमार्गीहरु ) ले गुरुहरुको निर्देशनमा मन र शरीरलाई नियन्त्रणमा राख्न गरिने क्रिया आधुनिककालमा मार्ट्सल आर्ट्सको रुपमा बिश्व भरि लोकप्रिय खेलका रुप परिचितछ।

मार्ट्शल आर्टसका खेलाडीहरु बुद्ध जन्मभूमिलाई आफ्नो खेलको तिर्थ मान्ने गर्दछन। यसै भाबनाको प्रतिनिधित्व हुने र नेपालमा पर्यटन प्रबर्धनमा पनि, सहयोग पुर्र्याउने उद्यस्यले उक्त टुर्नामेन्ट गर्ने प्रयास गरिएको भनाई सिंखडाको रहेकोछ।

Leave A Reply

Your email address will not be published.