नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु

0

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङ खेलका खेलाडीको दुर्घटनामा परेर निधन भएको छ ।

नवौंमा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङको क्रसकन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेका निसिम थापाको दुर्घटनामा परेर निधन भएको हो ।

सराङकोटमा जारी प्य राग्लाइडिङमा उनी त्रिभुवन आर्मी क्लबबाट सहभागी भएका थिए ।

कास्की घर भएका २६ वर्षिय थापा १०० मिटर माथिबाट जमिनमा खसेका थिए ।

तत्काल उनलाई उपचारका लागि पोखरामै रहेको मेट्रोसिटी अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.