दलको घोषणापत्रले गुमाएको विश्वास

0

काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै दलहरु घोषणापत्र निर्माणको तयारीमा जुटेपनि आममतदाताले भने घोषणापत्रमा विश्वास गर्न छाडेका छन् । पटकपटक विभिन्न विकास र परिवर्तनका एजेण्डा ल्याएर ५० प्रतिशत पनि पूरा गर्न नसकेका कांग्रेस र वामपन्थी दलहरुप्रतिको विश्वास घटेको हो । चुनाव जित्नका लागि जनतामाझ भ्रमपूर्ण एजेण्डा प्रस्तुत गर्नें अनि जितेपछि गाउँ फर्किएर समेत नजाने प्रवृत्तिका कारण जनतामा निराशा पैदा भएको हो । 

‘हामीलाई कोही नेताको भनाईप्रति विश्वास छैन, हामीले अहिले काम गरेर खान त पाएका छैनौँ, यी भ्रष्ट नेताको कुरा कसले पत्याउँछ’ वर्षोदेखि ठेलामा मकै बेच्दै आएकी उदयपुरकी सरस्वती राईले भनिन् । उनी घोषणापत्रमा विश्वास गर्ने त परको कुरा चुनावमा कसैलाई भोट नहाल्ने बताउँछिन् । 

काठमाडौँको ठमेलमा खुद्रा पसल राख्दै आएकी विरबहादुर कार्कीको धारणा पनि राईकै विचारसँग मिल्दो छ । देश परिवर्तनका लागि राजतन्त्र फालेर गणतन्त्र ल्याएपनि सीमित व्यक्तिले मात्रै फाईदा लिएको उनको भनाई छ । 

तरपनि, दलका नेताहरु अझै जनतामा भ्रम छर्न सक्छौँ भन्नेमा विश्वस्त छन् । तसर्थ, नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा, डा. स्वर्णिम वाग्ले लगायतका नेताहरुको नेतृत्वमा घोषणापत्र निर्माण गरिरहेका छ । अघिल्ला चुनावमा जस्तै कांग्रेसले जनतामा भ्रम छर्ने प्रयास गरेको छ ।

यता, नेकपा एमालेका हालत पनि उहीँ छ । अघिल्लो निर्वाचनमा वामगठबन्धन बनाएर समृद्धिको नारा दिने लक्ष्य बोकेको एमाले अहिले पार्टी विभाजन भएर जसपासँगको तालमेलमा अघि बढ्ँदैछ । अध्यक्ष केपी ओली आफ्नै नेतृत्वमा घोषणापत्र बनाउन लाकुरीभञ्ज्याङ्ग पुगेका छन् । 

सत्तागठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले पनि नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र बनाउने तयारी गरेको छ । तर, वर्षोदेखि घोषणापत्रमा सीमित माओवादी केन्द्रको एजेण्डा जनताले पत्याउने भने अवस्था छैन । 

त्यस्तै, एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीले पनि महासचिव बेदुराम भुसालको नेतृत्वमा घोषणापत्र तयारी गर्दैछ । तर, उक्त दलका नेता पटकपटक निर्वाचित भईसकेका हुँदा उनीहरुको कुरामा पनि जनमत प्रभावित भईहाल्ने अवस्था छैन । 

अनि, मधेशकेन्द्रित जसपा, लोसपा आदि दलहरु पनि जनतालाई झुक्याएर जाने प्रयत्नमा छन् । उनीहरुलाई पनि पूर्ण विश्वास गर्ने अवस्था देखिदैँन । तसर्थ पनि पछिल्लो समय स्वतन्त्र उम्मेद्वारको लहर देशभरि नै देखिन्छ । अघिल्लो चुनावमा जस्तै एउटै दललाई भन्दा पनि विवेकसम्मत ढंगले मतदान गर्ने तयारीमा जनता देखिएका छन् । 

Leave A Reply

Your email address will not be published.