आम चुनाव २०७९ : ६ हजार उम्मेदवार मैदानमा, सत्तापक्ष र प्रतिपक्ष आमुन्ने–सामुन्ने

0

काठमाडौं : ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव अन्तर्गत आइतबार मनोनयन दर्ता । निर्वाचन आयोगका अनुसार करिब ६ हजार चुनावी मैदानमा उत्रिएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार, प्रतिनिधिसभामा २ हजार ४५२ र प्रदेशमा ३ हजार ३३६ जनाको उम्मेदवारी परेको छ । 

उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत देशभर २ हजार २२३ पुरुष र २२९ महिला गरी कूल २ हजार ४५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभातर्फ ३ हजार ३९ जना पुरुष, २८६ जना महिला र १ जना अन्य गरी जम्मा ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ । यसलाई निर्वाचन आयोगले उत्साहजनक तथा शान्तिपूर्ण उम्मेदवारी दर्ता भनेको छ । 

चुनावी मैदानमा करिब ६ हजार भएपनि चुनावमा मुख्यत दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनमा पाँच दल छन् । प्रतिपक्षी नेकपा एमाले नेतृत्वको गठबन्धनमा जसपा र राप्रपा लगायतका दल छन् । दुबै गठबन्धन ४ मंसिरको चुनावमा चुनावमा आमुन्नेसामुन्ने हुँदैछन् । 

१९ साउनमा मन्त्रिपरिषदले ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव घोषणा गर्दै गर्दा र आइतबार उम्मेदवारी मनोनयन दर्ता हुदाँसम्म्को राजनीतिक परिदृष्य फेरिएको छ । त्यसबेला नेकपा एमाले एक्लै चुनावमा जाने अधिकांशको आंकलन थियो । 

नेकपा एमालेले पनि बलियो साझेदार भेट्टाएको थिएन । यही कारणले उसले एक्लै चुनाव लड्ने भन्दै आएको थियो । तर, राप्रपा, राप्रपा नेपाल लगायतका साना दलहरुस्रँग वाद जारी राखेको थियो भने सत्ता गठबन्धनमा रहेका पाँच दलीय गठबन्धन फुटाउने भरमजदुर प्रयास गरिरह्यो । 

सुरुमा एमालेले माओवादी केन्द्रसँगै चुनावी तालमेल गर्ने गरी गठबन्धन फुटाउने प्रयास गर्‍यो । नेपाली कांग्रेसलाई पनि एक्ला एक्लै चुनाव लड्दा हुने फाइदाबारे बुझाउने प्रयास गर्‍यो । दुई दलीय व्यवस्थाको कुरा गर्दै कांग्रेसले साथ नदिए अन्य दलहरु अस्तित्वमा नरहने भनेर फकाउने प्रयास गर्‍यो । तर, अनेक प्रयास सफल हुन नसकिरहेका बेला गठबन्धनमा सिट बाँडफाँडको असन्तुष्टिलाई क्यास गर्दै एमालेले जसपालाई गठबन्धनमा सामेल गराउने प्रयास गर्यो । 

जो सफल भएको छ र एमाले जसपा साझेदार पाए सँगै सत्ता गठबन्धनसँग हाराहारीको प्रतिस्पर्धी भएको सन्देश खिदन सफल भएको छ । मधेशै अर्को शक्ति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमालेको साथ खोजेको थियो । तर, एमालेले जसपासँग सहकार्य गर्ने भएपनि लोसपा सत्ता गठबन्धनमा पुग्यो र जसपा एमाले गठबन्धनमा । यो संगै चुनावमा मुख्यत दुई गठबन्धन देखा परेका छन् । 

सत्तापक्ष र प्रतिपक्ष आमुन्ने सामुन्ने भएर चुनाव लड्ने प्रष्ट संकेत मनोनयन दर्ताको दिनले देखाएको छ । एमाले पनि चुनाव घोषणा हुँदै गर्दाको समय भन्दा मनोनयन दर्ताको दिनसम्म आइपुग्दा थप उत्साही भएको देखिन्छ । किनभने तर उम्मेदवारी दर्ताको अघिल्लो दिन आइपुग्दा एमालेले सत्ता गठबन्धनसँग भिड्न तराई मधेशको बलियो साझेदार पाउन सफल भयो । 

यसबाट प्रतिपक्षी एमालेले एकै चोटि दुई उपलब्धि हासिल गरेको छ । एउटा– पाँचदलीय गठबन्धन फुटाउने उद्देश्य पूरा गरेको छ, अर्को– आफूमाथि लागेको प्रतिगमनको आरोप केही हदसम्म भए पनि हटाउन सफल भएको छ । किनभने एमाले विरुद्ध प्रतिगमनको विरोधमा भन्दै पाँच दलयि गठबन्धन बनेको थियो । 

जो चुनावमा पनि जाँदै थियो । त्थ्यसलाई चिर्न केही हदसम्म भएपनि सफल हुनु एमालेका लागि चुनावमा थप सफलता प्राप्त गर्ने आधार बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक गरेको प्रतिनिधिसभा विघटन विरुद्ध एक भएर अगाडि बढेका पाँच दलबाट बाहिरिएर जसपा एमालेसँगै सहकार्य गर्न आइपुगेपछि एमालेका लागि त्यो प्रतिगमन थिएन भन्ने एउटा आधार मिलेको छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवाली आफूहरुका लागि चुनावको मिति घोषणा भएको समय भन्दा मनोनयन दर्ताको दिनसम्म आउँदाको समय थप अनुकल भएको बताउँछन् । 

उनी भन्छन्, उनी भन्छन्, ‘सत्ता गठबन्धन स्वार्थको जगमा उभिएको समूह हो, स्वार्थ टकराउनेवित्तिकै चिरा पर्छ भन्ने आफूहरुको विश्लेषण सही प्रमाणित भएको छ ।’ उनी थप्छन्, ‘प्रतिगमन, संविधानमाथि आक्रमण जस्ता जे भाष्य निर्माण गरिएको थियो, सत्ताको म्याद सकिएर नयाँ निर्माण हुने बेलासम्म आइपुग्दा त्यसको सान्दर्भिकता सकिएको छ ।’

एमालेले राप्रपासँग झापा, बाँके र रुपन्देहीमा तालमेल गरेको छ भने राप्रपा नेपालसँग मकवानपुरमा । राप्रपासँग थप जिल्लामा पनि तालमेलको प्रयास भइरहेको एमाले नेताहरु बताउँछन् । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई त प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा प्राथमिकताका साथ राखेको छ ।

तराई मधेसका जिल्लामा बलियो प्रभाव भएको जसपा तथा देशभर संगठन भएको तर तुलनात्मक रुपमा कम मत भएको राप्रपासँग मोर्चाबन्दी गरेपछि एमालेलाई ४ मंसिरको चुनावमा सत्ता गठबन्धनको बलियो प्रतिस्पर्धी मानिएको छ ।

आरजु देउवा राणा, प्रकाशशरण महतहरु समानुपातिकमा बस्ने, माओवादी अध्यक्ष प्रचण्डले चितवन–३ छाडेर गोरखा–२ रोज्ने कदमले गठबन्धनमा विश्वासको संकट देखाएको एमाले नेताहरु बताउँछन् । अर्थात, यही संदेश उनीहरु जनतामा दिइरहेका छन् । अर्थात्, एमाले नेताहरु भनिरहेका छन्, ‘हिजो एकदमै एकतावद्ध हुँदा पनि सामना गर्छौं भनेका थियौं । हिजो भन्दा अनुकुलता सिर्जना भएको छ । गठबन्धन चोइटिएको छ, हाम्रा सहयात्री थपिएका छन् ।’

गठबन्धनसँग एक्लै लड्दासमेत लोकप्रिय मत ४० प्रतिशत पुर्‍याउने र प्रत्यक्षतर्फ ९० हारहारी सिट जित्ने लक्ष्य लिएको भन्दै एमाले नेताहरु अथप थप विश्वास बढेको भनिरहेकाा छन् । 

माओवादी नेता शक्ति बस्नेत दुई गठबन्धनको प्रतिस्पर्धामा एजेण्डाले हार जित निर्धारण गर्ने बताउँछन् । भन्छन्, ‘एउटाले संविधान र प्राप्त उपलब्धीलाई सीमित राख्ने भन्छ, हामी रक्षा गर्ने ।’ आफूहरुको एजेण्डा बलियो रहेको भन्दै नेता बस्नेतले थपे, ‘यो गठबन्धन त भारी मतका साथ विजयी हुन्छ ।’

प्रभु शाहको विद्रोह 

प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मनोनयन दर्ताको दिन नेकपा एमालेका पोलिब्युरो सदस्य प्रभु शाहले मधेश प्रदेशमा विद्रोह गरेका छन् । नेता शाहको टिमले तालमेलबाट जनता समाजवादी पार्टी (जसपा)को भागमा परेका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी गराएका छन् । शाह स्वयमले पार्टीले दिएको टिकट त्यागेर रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन् । उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।

यस्तै उनले आफूले पार्टी प्रवेश गराएका व्यक्तिहरूलाई पार्टीले टिकट नदिएको भन्दै चुनावी तालमेल गरेको जसपा उम्मेदवार भएका ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेका उम्मेदवार भएको ठाउँमा भने शाह समूहले उम्मेदवारी दिएको छैन ।

शाहको टिमबाट क्षेत्र नम्बर ३ प्रदेश ‘क’ मा केशव राय चौधरी उम्मेदवार बनेका छन् । उनी केही समयअघि नेकपा एसबाट एमाले प्रवेश गरेका थिए । सोही क्षेत्रको प्रदेशसभा तर्फ ‘ख’ मा कुन्दन कुशवाहले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा किरण शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा ‘क’ मा मोहम्मद जयद राजालाई नै समर्थन गरेका छन् । प्रदेशसभा (ख) मा भने राजन यादव उम्मेदवार बनेका छन् । यस्तै क्षेत्र नम्बर १ को ‘क’ मा राज किशोर यादवलाई छाड्ने र ‘ख’ मा राजेश चौधरी उम्मेदवार बनेका छन् ।

जसपासँग चुनावी तालमेल गर्ने विषयमा नेता शाह तयार थिएनन् । नेताहरुका अनुसार एमाले एमाले अध्यक्ष ओलीलाई यो सन्देश दिएका थिए । तर, आलीले शाहको कुरा नसुनेपछि विद्रोह गरेका हुन । तर, एमालेबाट राजीनामा नदिइ एमालेको टिकट लत्याएका छन् । उनको विद्रोहमा एमालेले कुनै एक्सन लिएको छैन् । शाहले पनि राजीनामा दिएका छैनन् । यसले प्रभु शाहको विद्रोह उपरको राजनीति कसरी अगाडि बढ्छ भन्ने ट्ंगो लागेको छैन् । तर, उनले विद्रोह गरेका छन् । माओवादी राजनीतिको सकुलिङबाटठ आएका शाहले माओवादीकै नेताहरुसँग पनि पार्टीमा फर्किने भनेर भोट मागिरहेका छन् । एमालेकै असन्तुष्टहरुसँग पनि भोट लिने प्रयास गरिरहेका छन् । उनको व्यक्तिगत भोट पनि छँदैछ । यसबाट उनी अब मधेशको पावर सेन्टरको रुपमा पनि उदाउन चाहेको स्थानीय नेताहरु बताउँदछन् ।  

Leave A Reply

Your email address will not be published.