सांस्कृतिक कार्यक्रम सहित ‘चितवन सहायता कोष बेल्जियम’को साधारणसभा सम्पन्न

0

चितवन सहायता कोष बेल्जियमको प्रन्ध्रौ साधारण सभा एबम सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकोछ । बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीको प्रमुख आतिथ्यता र कोषका अध्यक्ष राजु घिमिरेको सभापतित्वमा क्याट बेल्जियमले युरोपको डाइमण्ड सिटि अन्त्वेर्पेनमा आफ्नो साधारणसभा सम्पन्न गरेको हो ।

प्रमुख अतिथिद्वारा पानसमा बत्ति बालेर शुभारम्भ गरिएको सभामा कोषका सचिव शंकर बजगाईंद्वारा राष्ट्रिय गान बजाएपश्चात उपाध्यक्ष तेजेन्द्र कँडेलले अतिथि तथा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

त्यस्तै, कोषका निवर्तमान अध्यक्ष भुवन सुवेदीले कोषको परिचयात्मक मन्तब्यमार्फत कोषको सहयोगबाट चितवनको शिक्षा, स्वास्थ्य र प्राकृतिक विपत्तिको क्षेत्रमा पुगेको योगदानबारे संक्षिप्त रुपमा प्रकाश पारेका थिए ।

त्यसपछि कोषका महासचिव शंकर बजगाईंले कोषको प्रगति प्रतिवेदन पढेर सुनाए भने कोषाध्यक्ष मोहन केसीले आर्थिक प्रतिवेदन बाचन गरे।

दुवै प्रतिवेदन हलले स्वीकृत गरेपछि चितवन सहायता कोषमा नेतृत्वदायी भूमिका निभाएका पूर्वअध्यक्षहरु लगायत विशेष योगदान गरेबापत गोर्खाका युवा ब्यवसायी मदन दवाडीलाई सम्मान गरिएको थियो भने कोषका आजीवन सदस्यहरुलाई राजदूत राजभण्डारीद्वारा आजीवन सदस्यताको प्रमाणपत्र दिइएको थियो।

सभामा चितवन जिल्लाका अविभावक केशव प्रसाद सुबेदीले बोल्ने क्रममा चितवन क्याटद्वारा गरिएका परोपकारी सामाजिक कार्यहरुको खुलेर प्रसंशा गरेका थिए।

प्रमुख अतिथि राजदूत गेहेन्द्र राजभण्डारीले ुकहिले नेतृत्वको पछाडि भिड हुन सक्छ भने कहिले एक्लै हिँड्नुपर्ने पनि हुन सक्छ, तर नेतृत्वले कहिल्यै जनताको अगुवा बन्न छोड्नु हुँदैन भन्दै क्याटको नेतृत्वलाई हौसला प्रदान गरे । आफ्नो मन्तव्यको क्रममा उनले क्याट जस्तो संस्था सबै भैदिए कति राम्रो हुने थियो भन्दै रिजल्ट देखिने खालका काममा दूतावासले काम गरिरहेको बताए।

कार्यक्रमको अन्त्यमा चितवन क्याटको सामाजिक सेवाबाट अत्यन्तै प्रभावित भएर लुम्बिनी कपिलबस्तु अभियानकर्मी दामोदर आचार्यले २०० युरो कोषको लागि दान दिएको घोषणा गरे भने कार्यक्रमका सभापति राजु घिमिरेले चितवन क्याटलाई सहयोग गर्ने सबै नेपालीहरुलाई धन्यवादको साथै विजयादशमीको समेत शुभकामना दिँदै १५औँ साधारणसभाको अन्त्य गरेका थिए ।

चितवन क्याटका अध्यक्ष राजु घिमिरेले आफ्नै कार्यकालमा सतासी लाख रुपयाको अक्षय कोषलाई एक करोड पुऱ्याउने बचनबद्धता समेत जाहेर गरेका छन् ।
अधिबेशनको औपचारिक कार्यक्रम पछी नेपालका लोकप्रिय कलाकार कृष्ण काफ्लेको एकल सांगितिक साँझ आयोजना गरिएको थियो । सुन न चम्पा , पर्ख पर्ख् मायालु म पनि त आउँला लगायतका दर्जनौ गीतमा गायक काफ्लेले कार्यक्रममा सहभागीहरुलाई नचाएका थिए ।
सीता सापकोटाको नेत्रित्वमा २००५ मा स्थापना भएको चितवन सहायता कोष बेल्जियमले बिभिन्न परोपकारी काम गर्दै आईरहेको छ ।

Leave A Reply

Your email address will not be published.