प्रधानमन्त्रीले थरुहटसँग वार्ता गर्ने

0

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले थरुहट संघर्ष समितिसँग वार्ता गर्दैछन् । बिहीबार बिहान ९ बजे बालुवाटारमा दुई पक्षबीच वार्ता हुने भएको हो । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक रामजनम चौधरीका अनुसार वार्ताका लागि थरुहट संघर्ष समिति तयार भएको हो । यसअघि प्रधानमन्त्री कोइराला र थरुहट संघर्ष समितिका वार्ता टोलीबीच आइतबार बालुवाटारमै वार्ता भएको थियो । सो वार्ता परिणाममुखी बन्न सकेको थिएन । थरुहट राज्यको माग गर्दै आएको संघर्ष समितिले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । यता संविधान असोज ३ गते जारी गर्ने निश्चित भइसकेको अवस्थामा दुई पक्षबीच हुने वार्तालाई चासोका साथ हेरिदैं छ ।

Leave A Reply

Your email address will not be published.