नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचनामा महानगरको डोजर

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ ।

यसअघि सूचना दिदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ ।

सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ ।

डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए । महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.