काठमाडौं : काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।
गोरखा घर भइ तारकेश्वर नगरपालिका दुई काभ्रेस्थली, पदमसालका दिनेश पाण्डेको घरमा पाण्डेसहित श्रीमती र छोराछोरी मृत फेला परेका हुन् ।
४१ वर्षीय दिनेश, ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका हुन् ।
दिनेश झुन्डिएको अवस्थामा र अन्य तीन जनको शव हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
परिवारको हत्या गरेर दिनेशले आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ । श्रीमति र छोराछोरीको शरिरमा धारिलो हतियार प्रयोग गरिएको चोट देखिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीले चार पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।
बिहान अबेरसम्म पनि घरमा सुनसान भएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरु मृत फेला परेका हुन् ।
४१ वर्षीया पाण्डे १० वर्ष कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा बसेर फर्केका थिए । दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् ।
दम्पतीका बीच पटक पटक झैझगडा भइरहने गरेको स्थानीयले बताएका छन् । केही समयअघि दुईपटक बालाजु प्रहरी वृत्तमा मिलापत्र गरेर छाडिएको प्रहरीले जनाएको छ ।