काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले विरोध प्रदर्शन गरेको हो ।
जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय संगठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको थियो ।
प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न ब्यानर, ग्यास सिलिण्डर बोकेर विरोध जनाएका छन् ।
प्रदर्शनकारीहरुले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।
वर्तमान सरकारले भ्रष्टाचार र बेथिति बढेको भन्दै भ्रष्टाचारविरुद्ध विरोध गरेको हो ।