नेपाली जनसंपर्क समिती साईप्रसले संगठनको दोश्रो अधिबेशन यही अगस्त ७ तारिख गर्ने भएकोछ । समितिको मात्ॠ संस्था नेपाली काङ्रेस केन्द्रिय कार्यालयले अधिबेशन गर्न स्विक्रिति दिए पष्चात २०७६ मा पहिलो अधिबेशन गरेको नेपाली काङ्रेसको प्रबासी संगठन नेजसस साइप्रसले दोश्रो अधिबेशन समयसिमा भित्र गर्न लागेको जनाएकोछ ।
समितिका सभापति सीता अर्यालका अनुसार नेपाली काङ्रेस पार्टीले अधिबेशनको लागि केन्द्रीय प्रतिनिधिको रुपमा जनसंपर्क समिती कतारका संस्थापक सभापति नरेन्द्र भाटलाई जिम्मेवारी दिएकोछ । नेपाली काङ्रेसका केन्द्रीय नेताहरु बिभिन्न देशका जनसंपर्क समितिका प्रतिनिधिहरु, नेपाली राजदुताबास इजरायलका प्रतिनिधि, नेपाली कन्सुलेट साइप्रस, एनआरएनए साइप्रस लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहने अधिबेशनमा सङ्गठनका सदस्यहरु र शुभचिन्तकहरुको सहभागिता रहनेछ ।
भौतिक उपस्थितीमा गर्ने तयारी गरिएको अधिबेशन कोरोनाको कारण साइप्रस सरकारले सुरक्षाका नयाँ नियमहरुको घोषणा गरेकाले भर्चुयल गर्न लागिएको संगठनका महामन्त्री कुमार सिंहले बताउनु भएकोछ ।
केही समय अगाडी विभिन्न ४ क्षेत्रका क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न गरिएकोमा दोस्रो राष्ट्रिय अधिवेशनले भने नयाँ केन्द्रीय समिति चयन गर्नेछ । नेपाली जनसम्पर्क समिति साईप्रसमा हाल 501 जना क्रियाशिल सदस्यहरु रहेका छन । नेपाली जनसंपर्क समिति साईप्रसले साईप्रसमा भएका नेपालीहरुका विभिन्न समयमा पर्ने दु:खकष्टमा साथ दिने तथा नेपालमा समेत हरेक कठिन परिस्थीतीम विभिन्न सहयोग गर्दै आएको छ ।
केन्द्रीय अधिवेशन नजिकिदै गर्दा पदाधिकारीमा आउनेहरुको चाहना समेत बढिरहेकोले लोकतान्त्रिक बिधी अनुसार नयाँ नेत्रित्व चयन कृयाशिल सदस्यहरुले बताएकाछन ।
अधिबेशन सम्पन्न गर्नका लागि बर्तमान उपसभापती पुष्पा मिश्रको संयोजक्तवमा व्यवस्थापन समिति ,महामन्त्री कुमार सिहंको संयोजक्तवमा प्रचारप्रसार समिति, लक्ष्मीता गुरुङको संयोजक्तवमा आर्थिक समिति , सागर अर्यालको संयोजक्तवमा विधान समिति, मनिष कुमार अधिकारीको संयोजक्तवमा निर्वाचन समिति बनाइएकोछ ।
अधिबेशनका लागि साइप्रसमा सक्रिय बिभिन्न संघ संस्थाहरुलाई निमन्त्रणा गरिएकोमा प्राबिधिक कारणले पुग्न नसकेको भए सार्बजनिक रुपमा निमन्त्रणा स्विकार गरी उपस्थित जनाइदिन समितिकी सभापति एबम अधिबेशन मुल आयोजक समिती संयोजक सीता अर्यालले अनुरोध गर्नु भएकोछ ।