पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

0

काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा पचास प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिअन्तर्गतको बजार अनुगमन उपसमितिले शुक्रबार आयोग पदाधिकारीसँग छलफल गरेर कर घटाउन निर्देशन दिएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको कर घटाउन भनेको हो ।

हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३ सय २० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.