६ वटै महानगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, पूर्वाधार निर्माण प्राथमिकता

0

काठमाडौं : छ वटै महानगरपालिकाले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर शुक्रबार बजेट सार्वजनिक गरेका छन् । कानुनले निर्धारण गरेकै मितिमा काठमाडौं, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरले बजेट सार्वजनिक गरेका हुन् ।

काठमाडौं महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

काठमाडौं महानगरपालिकाले कुल बजेटको ४९ प्रतिशतभन्दा बढी विकासमा लागि छुट्याएको छ ।

बजेटमा वृद्धलाई घरघरमा स्वास्थ्य परीक्षण र औषधी वितरण, बसपार्कमा फल्चा निर्माणको विषय पनि समावेश गरेको छ । वडा वडामा मेलमिलाप केन्द्रको विषय समेत बजेटमा उल्लेख छ।

भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको छ ।

त्यस्तै ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । कालोपत्रे भएको भएका सडकहरु दुई वर्षसम्म खन्न स्वीकृती नदिने, जन सहभागितामा पूर्वाधार निर्माण गर्ने कार्यक्रम ललितपुरले समेटेको छ ।

यस्तै भरतपुर महानगरपालिकाले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

एकीकृत सहरी विकास गुरुयोजर्ना, सहरी क्षेत्रमा सतह ढल निर्माण, विद्युतीय बस खरिद, सार्वजनिक शौचालय, स्याटेलाइट टाउन, आकाशेपुल लगायतका कार्यक्रममा बजेटमा छन् ।

त्यस्तै पोखरा महानगरपालिकाले चालु आर्थिक बर्ष भन्दा दुई अर्ब बढाएर साढे ८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

पोखराको बजेटमा रोजगार, ल्यान्डफिल साइट स्थानान्तरण, बसपार्क निर्माण, बिजलुी तार भूमिगत गर्ने विषय प्राथमिकतामा छन् ।

विराटनगरले तीन अर्ब ६२ करोड ५५ लाख ६७ रुपैयाको बजेट सार्वजनिक गरेको छ । महानगरले वडास्तरीय आयोजनामा ४१ करोड नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड बजेट छुट्टाएको छ ।

वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ । औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर भन्ने नारा सहित सार्वजनिक बजेटमा शहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

महानगरले शिक्षा, स्वास्थ्य पूर्वाधार र सामाजिक विकासमा सबैभन्दा बढी बजेट बिनियोजना गरेको छ ।

सबै महानगरले महिला, बालबालिका तथा जेष्ठ नागरिक र अपांगता क्षेत्रमा पनि बजेट विनियोजन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.