रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौं : सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् ।

लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ’राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् ।

लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् ।

लामिछानेले आफू कुनै दलमा प्रवेश नगर्ने बताए । पुराना पार्टीसँग मिल्नु भनेको आफू सकिनु भएको उनले स्पष्ट पारे।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले ठूला दल र तिका नेतहरूलाई सच्चिनका लागि पटक–पटक आग्रह गरेपनि उनीहरू नसिच्चएका कारण आफू राजनीतिमा आउन बाध्य भएको बताए ।

नेपाली जनताले ठूला–ठूला सपना नदेखेको भन्दै उनले जनताको सामान्य काम गरी गरिखान पाए सन्तुष्ट हुने उनले बताए ।