काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहालले एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन् ।
दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५८१ मत ल्याए । दाहाल र सुवेदीबीचको मतान्तर १२ हजार ४४९ छ । प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए ।
यसैगरी सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले पराजित गरेका हुन् ।