काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेका छन् ।
भक्तपुरको लोकन्थलीस्थीत उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले भयरहित र शान्तिपूर्ण रुपमा निर्वाचन गर्न आयोग प्रतिवद्ध रहेको भन्दै निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेका हुन् ।
५ वर्षमा एक पटक आउने निर्वाचनलाई अवसरको रुपमा प्रयोग गर्न पनि उनले अनुरोध गरेका छन ।
शनिबार साँझदेखि निर्वाचनको नजिता आउन सुरु हुने थपलियाले जानकारी दिए ।