महानगर र उपमहानगरको उम्मेद्वार टुंग्याउँदै एमाले

0

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । स्थानीय तह निर्वाचनका लागि देशका छ महानगर र एघार उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बोलाएको हो ।

बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने नेताहरुले बताएका छन् । केही महानगर र उपमहानगरले उम्मेदवार तय गरिसकेका छन भने केहीमा आकांक्षी धेरै हुँदा उम्मेदवारी टुंगिन सकेको छैन ।

बैठकमा प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिबारेपनि छलफल हुनेछ ।

एमालेको चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।

एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर शुक्रबार एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

Leave A Reply

Your email address will not be published.