एनआरएन विजयी टोलीलाई जनप्रगतिशील धन्यवाद

ब्रसेल्स, १६ भदौ । जनप्रगतिशील मञ्चले गैरआवासीय नेपाली संघका नवनिर्वाचित टिमलाई बधाइ ज्ञापन गरेको छ । अध्यक्ष चित्र सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, गत साता सम्पन्न निर्वाचनमा निर्वाचित समावेशी टिमका सबै पदाधिकारी, सदस्यहरुलाई आफ्नो अमुल्य मत दिइ विजयी गराउनु हुने बेल्जियमवासी नेपाली समुदायका दाजु भाई दिदी बहिनीहरु, संघ संस्थाप्रति हार्दिक धन्यवाद व्यतm गर्दर्छौ । नवनिर्वाचित पदाधिकारीको आगामी कार्यकालले बेल्जियमका नेपाली समुदायलाई एकाकार गर्दै नेपालीहरुको हक हितको पक्षमा सवल ढंगले कार्य गर्न सफल र प्रभावकारी वनोस भन्ने शुभ कामना राख्दछौं, विज्ञप्तिमा भनिएको छ ।