स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : माघ दोस्रो साता संक्रमण उत्कर्षमा, एक महिना कठिन अवस्था

0

काठमाडौं : नेपालमा माघ दोस्रो साता कोरोना भाइरस संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता संक्रमण उत्कर्षमा पुग्ने र अबको एक महिना कोरोना नयाँ भेरियन्ट ओमिक्रोनबाट कठिन अवस्था झेल्नुपर्ने छ ।

नेपालले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ ।

मन्त्रालयले माघ दोस्रो साता दैनिक संक्रमितको संख्या २० हजार हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ । यो समयमा लक्षण सहितको संक्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्ने प्रक्षेपण गरिएको छ ।

मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आंकलन गरिएको छ ।

संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिड-१९ को अवस्थाबारे प्रतिवेद पेश गर्दै सो तथ्यांक सार्वजनिक गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.