काठमाडौं : नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिएको र तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।
निगमले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको हो ।
सञ्चित मुनाफा शुन्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको विज्ञप्तिमा उल्लेख छ ।
पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक जनावरी १६ तारिखमा निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको भनाइ छ ।
हालसम्मको तेल खरिदको भूक्तानीका लागि निगमले सञ्चित मुनाफा, मुल्य स्थीकरण कोषमा पठाइने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई रकम तिरेको समेत बताएको छ ।