रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको छ : अमेरिका

0

एजेन्सी : अमेरिकाले रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको आरोप लगाएको छ । रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै उसले आपत्ति जनाएको हो ।

रुसले विभिन्न बहानमा सैन्य गतिविधि सञ्चालन गरेर आक्रमणको तयारी गरेको अमेरिकी आरोप छ । रुसले भने अमेरिकी आरोपमा सत्यता नभएको बताएको छ ।

युक्रेनको गुप्तचर निकायले भने रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको दाबी गरेको छ ।

आक्रमणको तयारी थाल्नु अघि युक्रेनका नागरिकलाई रुसी सैन्य अधिकारीहरुले उत्तेजित बनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा अत्याधुनिक हतियारसहित करिब एक लाख सेना परिचालन गरेको छ ।

यसैबीच युक्रेनमा आधार दर्जनभन्दा बढी सरकारी वेबसाइटहरु ह्याक भएका छन् । आफ्नो महत्वपूर्ण र राणनीतिक सूचनाहरु लिएर रुसले आक्रमणको योजना बनाएको युक्रेनले आरोप लगाएको छ ।

Leave A Reply

Your email address will not be published.