भीम रावलको आशंका : ललिता निवास प्रकरण सामसुम पर्न खोजिएको त होइन ?

0

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले बालुवाटारको ललिता निवाससम्बन्धी जग्गा मुद्दालाई सामसुम पार्न खोजिएको त होइन भनेर आशंका व्यक्त गरेका छन् । 

प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएपछि नेता रावलले सन्देह व्यक्त गर्दै यस्तो बताएका हुन् । 

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत एमाले नेता रावलले ललिता निवासको जग्गा प्रकरणबारे सरकार र सरकारी वकिलले खुलस्त पार्नुपर्ने माग गरेका हुन् । 

सरकारी वकिलले सो प्रकरणबारे खुलस्त नपारे सरकार अपराधको मतियार ठहरिने नेता रावलले उल्लेख गरेका छन् ।

No description available.
Leave A Reply

Your email address will not be published.