नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, ओमिक्रोन भेरियन्ट समुदाय स्तरमा फैलिएको अनुमान

0

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिले नेपालमा ६ गुणा बढीले कोरोना संक्रमण वृद्धि भएको देखिन्छ । 

एक साताको अन्तरालमै कोरोना संक्रमितको संख्या ह्वातै बढ्नुले नेपालमा कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोन समुदाय स्तरमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ । 

विगत एक साताको तथ्यांक केलाउँदा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । 

पुष २२ गतेको तथ्यांक हेर्दा उक्त समयमा ५ सय ४० नयाँ संक्रमित थपिएको देखिन्छ । पुष २३ गतेको तथ्यांकमा ९ सय ६८, २४ गते ९ सय ४४ र २५ गते १ हजार १ सय ६७ नयाँ संक्रमित थपिएको थियो । 

यसैगरी यो संख्या २६ गते आइपुग्दा बढेर १ हजार ४ सय ४६ तथा २७ गते मंगलबार २ हजार ४ सय ४४ मा उकालो लागेको देखिन्छ । यस्तै पुस २८ गते बुधबार ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक साता अवधिको दैनिक नयाँ संक्रमितको संख्या हेर्दा दैनिक संक्रमितको संख्या क्रमशः बढ्दो देखिन्छ । यसरी एक सातामा नै कोरोना संक्रमितको संख्या ६ गुणाले बढ्नको कारण ओमिक्रोन संस्करण समुदाय स्तरमा फैलेको हुन सक्ने विज्ञहरु बताउँछन् ।

कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोन डेल्टा संस्करणको तुलनमा छिटो फैलने प्रकृतिको देखिएको छ । तर यसले स्वास्थ्यमा पार्ने जटिलता भने डेल्टा संस्करणको तुलामा कम भएको मानिएको छ । 

चिकित्सकहरुका अनुसार ओमिक्रोन संक्रमित भएकामा रुघाखोकीको समस्या दखिने गरेको छ । ओमिक्रोन संक्रमितमा उच्च ज्वरो तथा कतिपयमा लक्षण नै नदिने भएकाले अझै संक्रमण फैलने जोखिम बढाएको चिकित्सक बताउँछन् ।

अहिले गरिरहेका अणुवांशिक अध्ययनका क्रममा पनि ओमिक्रोन संस्करण बढ्दै गएको देखाएको छ । यसले पनि ओमिक्रोन समुदायमा फैलिएको छ भन्ने कुरालाई नकार्न सकिन्न । 

त्यसैले अहिले कोरोना भाइरसबाट बच्न र बचाउन स्वास्थ्य मापदण्डका साथै खोप नलागएकाले खोप लगाउन आवश्यक छ ।

Leave A Reply

Your email address will not be published.