राष्ट्रिय सभा निर्वाचन : उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान

0

काठमाडौं : राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन भएकाे छ ।

उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आयाेगले आइतबार चुनाव चिन्ह प्रदान गरेकाे हाे ।

राष्ट्रिय सभा सदस्य चुनावका लागि १९ पदमा ९ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।  तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म मतदान हुनेछ । साे चुनावबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभा सदस्यकाे चुनाव हुन लागेको हो । एमालेका ८, एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४, कांग्रेसका ३ र १ जना मनाेनीतकाे कार्यकालय फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.