ओमिक्रोन संक्रमित बढ्दै गएपछि देशैभर सतर्कता

0

काठमाडौं : पछिल्लो एक सातायता कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ ।

शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएपछि सतकर्ता बढाइएको हो । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि उच्च सतर्कता अपनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पीसीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्ने काम भैरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो ।

उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बोलाइएको हो ।

उपत्यका संक्रमणबाट उच्च जोखिममा रहेको जनस्वास्थ्यविदले बताएका छन् । शनिवार काठमाण्डौमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको .थियो ।

अहिले काठमाडौं उपत्यकामा २ हजार ९ सय ७८ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये काठमाडौंमा १ हजार ६ सय ७६, ललितपुरमा ७ सय २३ र भक्तपुरमा ५ सय ७६ सक्रिय संक्रमित छन् ।

Leave A Reply

Your email address will not be published.