बेल्जियममा बनेको लघुचलचित्र दानबले पायो नेसनल बक्सअफिस सर्ट फिल्म अवार्ड, पार्वती अधिकारी उत्कृष्ट नायिका र बर्षा खड्का उत्कृष्ट सहनायिका

0

बेल्जियममा बनेको नेपाली लघु चलचित्र “दानब” नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०७८ संस्करणमा उत्कृष्ट भएकोछ । बेल्जियमका नेपाली कलाकार , निर्माता र छायाकार रहेको शर्ट मुभी दानब राष्ट्रिय प्रतियोगितामा सर्बोत्क्रिष्ट भएको हो ।


पोखरामा पामे स्थित एक रिसोर्टमा भव्य सांस्कृतिक कार्यक्रमसहित शनिबार राती अबेरसम्म युवा तथा खेलकुदमन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सर्ट फिल्म अवार्डमा बेल्जियमबाट निर्माण गरिएको रफि शाहको सर्ट फिल्म दानवले, उत्कृष्ट सर्ट फिल्मको बाजि मारेको छ भने जीवन शाहीले निर्देशन गरेको मन बारबाट अभिनेता कोशिस क्षेत्री उत्कृष्ट सर्ट फिल्म अभिनेता घोषणा भएका छन । दानवबाटै पार्वती अधिकारीलाई उत्कृष्ट अभिनेत्री घोषणा गरिएको थियो।

भुपेन्द्र खड्काकाे आमा सर्ट फिल्मले उत्कृष्ट कथा, र बाल कलाकारमा अवार्ड जित्न सफल भएकाे छ भने आमा बाटै लक्ष्मी गिरीलाई यो बर्षको सर्व उत्कृष्ट सर्ट फिल्म चरीत्रअभिनेत्री घोषणा गरियो । आर के मानन्धरको दुर्गाबाट नव नायिकामा सेबिता अधिकारी ,चरित्र अभिनेतामा राजु भुजु ,सम्पादकमा रबिन भट्टले अवार्ड जित्न सफल भए । गितकार,गायिका र संगितमा पनि दुर्गा उत्कृष्ट रह्यो । त्यसैगरी युएईबाट निर्माण भएको हुन्डी कारोबार सम्बन्धित मिसन जि ३३ बाट मिगेन्द्र भट्टराईले उत्कृष्ट सर्टफिल्म अवार्डको खलनायकको उपाधी पाउन सफल भए । त्यस्तै घातबाट बाबुकाजी डल्मी उत्कृष्ट छांयाकार घोषित भए भने सन्चिता ढकालले श्रृगांरबाट अवार्ड जित्न सफल भइन।

त्यसैगरी सहनायिका दानवबाट बर्षा खडका र यो कस्तो प्रेमकथाबाट दिपक लामाले यो बर्षको नवनायकको अवार्ड हासिल गरे। नव निर्देशकमा एसिट नट द सोलोसनबाट उत्सव केसीले नव निर्देशकको अवार्ड उचाल्न सफल भए। बर्षको सर्व उत्कृष्ट निर्देशक दुर्गाबाट दमन रुपाखेतीले हासिल गर्न सफल भएका छन।

बरिष्ठ निर्देशक,कलाकार तथा निर्माता शंकर आचार्य ,पुकार भट्टराई , कलाकार उदव प्रसाद भट्टराई ,रामेश्वर बुर्लाकोटी ,संचारकर्मी तथा कलाकार सुदर्शन आचार्य ,निर्देशक निर्माता ऋषिराज आचार्य ,सम्पादक अर्जुन जिसी,छांयाकार सौरभ लामा,कलर्लिष्ट रेनिश फागु जुरि रहेको नेसनल बक्स अफिस सर्ट फिल्मबाट खस-भाषाकाे चलिचत्र हरामीका कृति बाहादुर सिंह चरित्र अभिनेता र मिना जिसीले चरित्र अभिनेत्रीको अवार्ड पाउन सफल भएका छ्न। त्यस्तै युएईबाट निर्माण भएको मिसन जि ३३ समय सान्दर्भिक उत्कृष्ट कथामा चुनियो,प्रेममय चलचित्र यो कस्तो प्रेम कथा बाट उद्वव भट्टराईले नव निर्माताबाट अवार्ड पाउन सफल भएका छन भने नेपाल भाषा तर्फबाट चलचित्र घात बाट शोभा महर्जनले अवार्ड पाउन सफल भएकी छन।

कास्की जिल्लाका विभिन्न सामाजिक र राजनीतिक ब्यक्तित्वहरुको तथा बुद्धिजीवी एबम कलाकर्मिहरुको उल्लेखनीय उपस्थिती रहेकाे साे अवार्ड साेचे भन्दा राम्रो भएकाे अवार्ड आयोजक नेशनल बक्स अफिसका अध्यक्ष आर के सुवेदीले बताएका छन।

Leave A Reply

Your email address will not be published.