प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, संसदको अवरोध हटाउन देउवाको आग्रह

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउन आग्रह गर्दै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । 

ओली निवास बालकोटमा भएको भेटमा प्रधानमन्त्री देउवाले लामो समयदेखि संसदमा अवरोध हुँदा कानून निर्माण लगायतका काम अवरुद्ध भएको भन्दै अवरोध हटाउन आग्रह गरेका छन् । 

भेटमा दुई नेताबीच संसदमा विचाराधिन एमसीसी विधयेक अघि बढाउने विषयमा पनि कुराकानी भएको छ । 

प्रधानमन्त्री देउवाले एमसीसीमा सहयोग गर्न आग्रह गरेपनि ओलीले भने पहिले सत्तारुढ दललै एकमत बनाउन आग्रह गरेका छन् । 

न्यायलयमा देखिएको गतिरोधका विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताइएको छ । ओलीले प्रधानन्यायाधीश हटाउँदैमा न्यायालयको विकृति अन्त्य नहुने दोहोर्‍याएका छन् । 

भेटमा कोरोना संक्रमण नियन्त्रणका प्रयास, तीन तहको निर्वाचन तयारी लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.