भारतमा विदेशबाट आएका सबैलाई सात दिन क्वारेन्टिन अनिवार्य

0

एजेन्सी : भारतमा विदेशबाट आएका सबैलाई सातदिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो ।

अहिले ल्याइएको नयाँ नियम जनवरी ११ देखि कार्यान्वयनमा आउनेछ ।

कोरोना भाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक साता होम क्वारेन्टिन अनिवार्य गर्ने व्यवस्था लागू गरेको हो ।

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको संक्रमण अत्यधिक बढेको छ ।

भारतमा अहिले तीन हजार सात जना ओमिक्रोनका सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । तिमध्ये एक हजार १ सय ९९ जना भने कोरोनामुक्त भएका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ८४ हजार भन्दा धेरै छ ।

Leave A Reply

Your email address will not be published.