एमाले एक्लै गठबन्धनसँग भिड्न सक्षम छ : ओली

0

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकूल आउन सक्ने बताएका छन् ।

पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दूरुपयोग गरेर हुने भएकाले त्यसको परिणाम आफ्नो पार्टीको लागि प्रतिकूल हुनु कुनै अनौठो नभएको बताएका हुन् ।

उनले राष्ट्रियसभाको निर्वाचन पार्टीका लागि अनुकूल नभएपनि आफ्नो पार्टी मुलुकको पहिलो शक्ति रहेको बताए । अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचनमार्फत् सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार भएको पनि बताए ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको दाबी गरे ।

उनले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको दाबी गर्दै मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल पनि गरे । उनले संसदबाट नभई अन्यत्रैबाट बनेको सरकारलाई करिब ३ करोड नेपाली जनताले आगामी निर्वाचनमा मतपत्रको माध्यामबाट अन्त्य गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतिक्षा गरिरहेको भन्दै सोही अनुसार निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

Leave A Reply

Your email address will not be published.