पाँच दलीय गठबन्धनले मुलुक अप्ठ्यारोमा : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा जताततै अप्ठ्यारो स्थिति आएको बताएका हुन् ।

उनले वर्तमान सरकार गठन भएपछि विकास योजना अवरुद्ध भएको, बैंकहरु रित्तिएको र राज्यको ढुकुटीमा समस्या आएको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले मुलुकमा एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको लहर ल्याएकाले नियोजित ढंगले सरकारबाट हटाइएको गुनासोसमेत गरे ।

उनले माओवादी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन झुटको पुस्तक भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले आफुलाई वामपन्थी नभएर रामपन्थी भनेको प्रति नेकपाबाट छुट्टिएका केही व्यक्तिले मार्क्सवाद नै नबुझेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.