कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार
काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीको बैठकले ६ जना उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।