धनुषामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा रबर गोली प्रहार

0

काठमाडौं : धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ गोदार चोकमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र जनमत कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । 

जनमत पार्टीका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई रबर गोली लागेको छ ।

प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । 

राउतका कार्यकर्ताहरु भाटा लिएर सडकमा निस्किएका थिए । भाटासहित उपस्थित भएका राउतका कार्यकर्ताहरुले राजमार्गमा मुढा तेर्साएर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले सडक खुलाउने क्रममा झडप भएको हो ।

Leave A Reply

Your email address will not be published.