गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।
उनीहरु तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।
सभापति देउवाले शनिबार रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
कांग्रेसमा सभापतिले ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।