कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

0

नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ ।

पार्टीका संस्थापक नेता विपी कोइरालालगायतका नेता लामो निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरिएको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउने गरेका छन् । विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले शासन आफ्नो हातमा लिएका थिए ।

कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री विपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । नेताहरुमाथि देशद्रोहको मुद्दा चलाएका थिए ।

विपी त्यसपछि भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि २०३३ पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेता आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किएका थिए ।

Leave A Reply

Your email address will not be published.