संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।

बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । 

उनले पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्‍याउँदै आएको योगदानलाई उजागर गर्न र सो समुदायको सभ्यता र सँस्कृतिलाई अरु समुदाय समक्ष चिनाउन मद्दत गर्ने बताए । 

प्रधानमन्त्री देउवाले ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, सँस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको बताए ।

Leave A Reply

Your email address will not be published.