काठमाडौं : सरकारले नागरिकालाई कोरोना भाइरसविरुद्धको खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकताका आधारमा अतिरिक्त खोप दिन लागिएको जनाएको छ ।
अतिरिक्त खोप कहिलेबाट दिने भन्ने निर्णय खोप सल्लाहकार समितिले गर्ने छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका क्यान्सर रोगी, अंग प्रत्यारोपण गर्नेहरू र एचआइभी लगायतका बिरामीले सुरुमै अतिरिक्त खोप पाउने छन् ।
चिनियाँ कम्पनीले उत्पादन गरेको ’भेरोसेल’ खोप लगाएका ६० वर्ष माथिका वृद्धवृद्धालाई पनि अतिरिक्त मात्रा दिइने छ । अतिरिक्त मात्रा दिन कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले ‘बुस्टर डोज’ लगाउने बताएको थियो । बुस्टर डोज दिनुअघि विशेष समूहका व्यक्तिलाई खोपकाे अतिरिक्त डोज दिन लागिएको हो । बुस्टर डोज भने सबैलाई दिइनेछ ।