काठमाडौं उपत्यकासहति देशका विभिन्न जिल्लामा हिमपात, जनजीवन प्रभावित
काठमाडौं : पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यकासहति देशका विभिन्न जिल्लामा हिमपात भएको छ । वार्षासंगै परेको हिमपातले जनजिवन प्रभावित भएको छ ।
मौसम आएको परिवर्तनले देशका विभिन्न जिल्लामा हिमपात भएको छ । दोलखाको कालिन्चोक लगायत उच्च हिमाली क्षेत्र खरिढुङ्गा ,शैलुङ लगायत उच्च हिमालि क्षेत्रमा मंगलपुर मंगलबार बेलुका देखि बाक्लो हिमपात भएको छ ।
दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
यसैगरी लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्मे भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानै देखि परेको हिउँ २ फिट जमेको छ । सिमकोटको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्याधिक बढेको छ ।
हिमपातले नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको तुमकोटका स्थानीय छपाल लामाले जानकारी दिए । बाजुराको उच्च हिमाली भेगमा हिमापात सुरु भएको छ भने बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ ।
मंगलबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । चिसोसँगै हिमपात भए पछि बिद्यालयको पठनपाठनमा समस्या भएको छ ।
हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय मार्ग अवरुद्ध भएको छ ।
मार्तडी कोल्टि सडकखण्डमा पर्ने बडिमालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा तयस क्षेत्रमा चल्ने जीप सेवा बन्द भएको छ । सेवा बन्दा हुँदा यात्रुहरु सदरमुकामक मार्तडी र बिमान स्थल रहेको कोल्टीमा अलपत्र परेका छन् ।