रौतहटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

0

रौतहट : रौतहटको गौर–चपुर सडकखण्डको गरूडामा जन्ती गएर फर्कदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्‍यु भएको छ ।

मंगलबार दिउँसो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती गएर फर्कदै गरेको बीआर०५पीए ६९५३ नम्बरको भारतीय नम्बर प्लेट भएको जीप जीप गरुडा नगरपालिका–१ स्थित जयनगर सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरुको गरूडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्कारपियोमा नौ जना सवार रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.