नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकीकरण
काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, बागमतीका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलगायत उपस्थित थिए। एकता घोषणा कार्यक्रममा नेकपा जनवादी पार्टीका नेतालाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले अविर माला लगाएर स्वागत गरेका थिए।
एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृतसँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच मंगलबार एकीकरण भएको हो ।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टी अग्रस्थानमा रहेको दाबी गरेका छन् ।
उनले इमान्दारिता, निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिने बताए ।