दाहालको प्रतिवेदनमाथि नेता कार्कीको फरक मत, संघीयता र समावेशीताको अभ्यासमाथि प्रश्न
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता राम कार्कीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा फरक मत सहित पूरक प्रस्ताव पेश गरेका छन् ।
उनले क्रान्तिकारी कम्युनिष्टहरु संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको आारोप लगाएका छन् ।
कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धकी बनाउन नहुने बताएका छन् ।
दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको पनि उनले प्रस्तावमामा उल्लेख गरेका छन् ।
कार्कीले संघीयता र समावेशीताबारे भइरहेको अभ्यासमाथि प्रश्न उठाउँदै अहिलेको शासन ब्यबस्था सोचे अनुरुप अघि बढ्न नसकेको निष्कर्ष निकालेका छन् ।
विकास निर्माणमा मजदुर–किसानको निगरानी हुन नसक्दासम्म संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित भएको उनको तर्क छ ।