एनआरएनएका स्वतन्त्र अभियान्ताहरु भन्छन, “आफ्नो भोट गनेर सहमति खोजेर एनआरएनएको समस्या समाधान हुँदैन “

0

गैर आबासीय नेपाली संघको महाधिबेशन, प्रतिनिधि बिबादका कारण हुन सकिरहेकोछैन । बिबाद समाधानका मोडालिटीबारे गरिएको र छिट्टै महाधिबेशन र निर्वाचन हुने भनेर दर्जनौ पटक आइसिसीले गरेका घोषणाहरु स्थगित हुँदै आएकाछन र बिबाद जहाको त्यही छ ,

प्यानल बनाएर चूनाबि अभियानमा होमिएका समुहहरुले आफ्नो अनुकुल हुने गरि मात्र समस्याको छिनोफानो हुनु पर्छ भनिरहदा संगठनका केही युबा अभियान्ता र शुभचिन्तकहरुले संस्थाको बिधानको मर्म अनुरुप कुन कुन उपायले समस्या समाधान गर्न सकिन्छ भनेर बहस चलाई रहेकाछन । व्याबहारिक र प्राबिधिक पक्षको ख्याल नगरि निर्वाचनको मिति तोक्ने र रोक्ने गर्नाले संस्थाको छबि झन खराब भएकोले यदि निर्वाचन हुने भएमा निर्वाचनका फरक फरक मोडालिटीमा संस्थालाई प्राबिधिक बिषयमा कसरी सहयोग गर्न सकिन्छ भनेर पनि तयारी गरिएको यस् अभियानमा जोडीएका एनआरएनहरुले जानकारी गराएकाछन ।

आईतवार आयोजना गरिएको भर्चुयल अन्तर्कृया कार्यक्रममा प्रतिनिधि चयनको अधिकार एनसीसीहरुलाई भएको र बिबादको सुरुवात पनि त्यहिबाट भएकोले क्षेत्रिय सन्योजकहरुले एनसीसीहरुलाई प्रतिनिधि चयनमा भएका कमिकमजोरी सच्याउन समन्वयकारी भूमिका खेलेमा सहज हुनेबारेमा छलफल सम्पन्न भएको छ ।


कार्यक्रममा बोलाइएका क्षेत्रिय सन्योजकहरु मध्यका युरोप सन्योजक नारायण आचार्यले गत बिशेष महाधिबेशनमा ल्याएको बिधान व्याबहारिक नभएकाले समस्याको सिर्जना भएको बताए । बिबाद भएका एनसीसीहरुमा पुनराबलोकनको मापदन्ड तयार गरेर प्रतिनिधि बिबाद समाधान गर्ने वा प्रकृया अनुसार फेरी चुनाव गर्ने बारेमा निर्णय गर्नु उपयुक्त हुने सुझाब दिए ।

उनले भने- संस्थाको छबि खराब भएकोछ त्यसलाई सुधारेर मात्र नेत्रित्वका लागि दाबी गर्न अनुरोध गर्दै उम्मेद्वारहरुनै संगठनलाई बदनाम गर्न लागेकोले संस्थाका शुभेक्छुकहरु चिन्तित भएकाछन । बिबादकै बिचमा चुनाव गराउन खोज्दा बिबाद झन बढेकोले समस्याको समाधान गरेर सबैको सहमतिमा महाधिबेशन सम्पन्न गर्न पनि उनले अनुरोध गरे ।


अर्का क्षेत्रिय सन्योजक राजन त्रिपाठी (अमेरिका रिजन ) ले केन्द्रिय नेत्रित्वले बिधानबाट निर्देशित कार्यशक्ती भन्दा आफ्नो अनुकुल हुने गरि काम गरेको ले आजको समस्या आएको बताउदै संस्थाको उद्द्यस्य बिपरित गतिबिधी रोक्नु सबैको कर्तब्य भएको बताए । “म र मेरो समुह” भन्ने मानसिकता त्यागेर संस्थाको हितमा सोच्न आग्रह गरे । एनसीसीहरुको बिबाद समाधान गर्ने बैधानिक निकाय क्षेत्रीय समन्वय परिषद र त्यसको संयोजक हो तर आरसीलाई नजरअन्दाज गरेर केन्द्रले हस्तक्षेप गरेकोले अमेरिका लगायतका एनसीसीहरुमा समस्या जटिल बनेको त्रिपाठीले बताए ।


यसिया प्रशान्त संयोजक रोबिन्द्र श्रेष्ठ ( गोविन्द ) ले मिलेर संस्थालाई चलाऊनु भन्दा अर्को कुनै पनि बिकल्प नभएको हुँदा सहमतिका लागि छिट्टो र परिणाममुखी प्रयास गर्नु पर्ने बताए । साथै अनअलाइन प्रबिधिमा भएको छेडखानिले जापान बदनाम भएकोले केन्द्रको चुनाव विश्वाशिलो बनाउन ह्याक गर्न नसकिने सिस्टमको प्रयोग गर्ने, नभए प्रत्यक्ष निर्वाचनमा जान आग्रह गरे ।


त्यसै गरि जर्मनीबाट डा सुदर्शन तिवारी, मिलन पन्त, शंकर डागी, दक्षिण कोरियाबाट डा देबि बस्नेत, चेक रिपब्लिकबाट डा चिरन्जिबी खड्का, पत्रकार ओम शर्मा लगायतले बिधी पद्धतीलाई अनुशरण गरेर प्रतिनिधि बिबाद समाधान गरि निर्वाचनमा सम्पन्न गर्न संस्थालाई आबस्यक जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए, आफुहरुले संस्था प्रति गुमेको विश्वाश फर्काउनको लागि पहल थालेको र त्यसको लागि आफ्नो पदिय जिम्मेवारि छोडेर संगठन भन्दा बाहिर बसेर पनि सहयोग गर्न तयार रहेको उनिहरुको भनाइ थियो ।

। अहिले जिम्मेवार ब्यक्तीहरुनै आफ्नो भोट् गन्ती गरेर समस्याको निकास खोज्न जादा निकास निस्कन गाह्रो भएको ले स्वतन्त्र र पदीय जिम्मेवारि नखोज्ने ब्यक्तिहरुले समाधानको पहल थालनु पर्ने पनि उनिहरुको निष्कर्श रह्यो । प्रतिनिधि बिबाद समाधान गर्न नसक्ने अवस्था देखिएकोले सबै पन्जिक्रित सदस्यले निर्वाचनमा भाग लिने ब्यबस्था गरेर निकास निकाल्न सकिने पनि सुझाब दिए । आगामी दिनमा पनि एनआरएनए अभियानका शुभचिन्तक र जिम्मेवार पदाधिकारीहरु बिचमा गतिरोध अन्तका लागि बहस र छलफल जारी राख्ने आयोजकहरुले बताएका अछन ।

कार्यक्रमको सहजिकरण नेदरल्यान्डबाट फणिन्द्र पन्त र जर्मनीबाट नबराज रोस्याराले गरेका थिए , निर्वाचन हुने भएमा डेमो देखाएर मतदातालाई शिक्षित बनाउनको लागि पनि यो समुहले अनलाइन भोटिङको लागि प्राबिधिक तयारी गरेको छ।

Leave A Reply

Your email address will not be published.