अफगानिस्तानमा महिलाहरुले एक्लै मध्यम र लामो दुरीको यात्रा गर्न नपाउने
एजेन्सी : तालिबानले अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।
महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष साथमा हुनुपर्ने नियम तालीवान सरकारले लागू गरेको हो ।
एक उर्दी जारी गर्दै तालिबानले ७२ किलोमिटर भन्दा बढी दुरीको यात्रा महिलाले एक्लै गर्न नपाउने जनाएको हो ।
सत्तामा आएपछि तालिबान विद्रोहीले महिला अधिकार कटौती गर्दै लगेको छ ।
साथै कुनै पनि गाडीमा गीत संगीत बजाउन नपाइने नियम पनि लागु गरिएको छ । तालिबानले
यसअघि टेलिभिजन च्यानलहरुमा टेलिश्रंखला र नाटक प्रदर्शनमा रोक लगाएका थिए । तालिबानको पछिल्लो उर्दीप्रति अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।