आज ‘क्रिसमस डे’ मनाइँदै

0

काठमाडौं : इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा शनिबार ‘क्रिसमस डे’ मनाइँदैछ । 

दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । 

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले यस दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् । 

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको हो । 

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि मनाउन थालिएको हो । 

क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले दिएको सन्देशमा क्रिसमसले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको उल्लेख छ । 

क्रिसमस जस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गर्ने भण्डारीको विश्वास छ । 

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । 

उनले शुभकामना सन्देशमार्फत क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । 

प्रधामन्त्री देउवाले कोरोनाको त्रास कायमै रहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.