एसएसपी सुशीलकुमार यादव मृत फेला

0

काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । 

उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको  छ । 

यादव संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रमुख हुन् । 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य थियो । 

तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटिएको उनले बताए । 

उनको मृत्युको कारण खुलिसकेको छैन । केही दिनअघि मात्रै उनीमाथि कारबाही चलाइएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.