बंगलादेशमा एक तीन तले डुंगामा आगलागी, कम्तिमा ३६ जनाको मृत्यु

0

एजेन्सी : बंगलादेशको सुगन्धा नदीमा यात्री लिएर जाँदै गरेको एक तीन तले डुंगामा आगलागी हुँदा कम्तिमा पनि ३६ जनाको मृत्यु भएको छ । 

झालकोटी जिल्लामा शुक्रबार बिहान भएको दुर्घटनामा एक सय जना भन्दा बढी घाइते भएका छन् । बारिसालको संभागीय आयुक्त सैफुल हुसेनले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ । 

’एमवी अभियान’ नामको यो डुंगा बारगुना जानका लागि ढाकाबाट निस्किएको थियो। । झालकोटी जिल्लामा पुग्नेक्रममा सुगन्धा नदीमा बिहान डुंगामा इन्जिनमा आगो लागेको थियो । 

घाइतेलाई बारिसाल सदर अस्पताल र स्थानीय अस्पतालमा भर्ती गराइएको छ ।  डुंगामा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

डुंगामा क्षमता भन्दा बढी यात्रु रहेको र इन्जिन कक्षबाट आगोको सुरुआत भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.