कांग्रेस प्रदेश २ को सभापतिमा देउवा निकट कृष्ण यादव विजयी

0

काठमाडौं : नेपाली कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव विजयी भएका छन् । उनले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् । 

सभापति शेरबहादुर देउवा निकट कृष्ण ९ सय ९६ मत ल्याएर विजयी भएका हुन । रामसरोजले ८ सय ५५ मत पाएका छन् । उनी बिमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार थिए । 

प्रदेश २ मा कुल १ हजार ९ सय ३८ मतदातामध्ये १ हजार ८ सय ८१ मत खसेको थियो । अन्य छ प्रदेशमा यसअघि नै अधिवेशन भैसकेको छ । 

प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो ।

Leave A Reply

Your email address will not be published.