कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार बस्ने

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । १४ औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको हो ।

बिहीबार मतगणना सकिएपछि शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरणको कार्यक्रम राखेको छ । सोही दिन सभापतिसहित पदाधिकारीले पदभार ग्रहण गर्नेछन् ।

कांग्रेसको १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १ सय ३४ सदस्य निर्वाचित भएका छन् ।

कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था विधानमा छ । ३३ जना केन्द्रीय सदस्य पनि मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।

Leave A Reply

Your email address will not be published.